April 16, 2021

बलीउड अभिनेत्री आलिया भट्ट कोरोना संक्रमित

नयाँदिल्ली। बलीउड अभिनेत्री आलिया भट्ट कोरोना संक्रमित भएकी छन् । उनका प्रेमी रणबीर कपूर कोरोना संक्रमित भएपछि आलियाको कोरोना रिपोर्ट पनि पोजेटिभ आएको हो ।

आलियाको आउँदै गरेको फिल्म ‘गंगूबाई काठियावाडीं’ का निर्देशक संजय लीला भंसाली पनि केही समय अगाडि कोरोना संक्रमित भएका थिए ।

कोरोनाको लहर फिल्म क्षेत्र, टेलिभिजन क्षेत्र, खेल क्षेत्रका प्रतिष्ठित व्यक्तिहरु पनि पछिल्लो समय कोरोना संक्रमित हुँदै आएका छन् । सचिन तेंदुलकर, आमिर खान, कार्तिक आर्यन, विक्रांत मैसे, मनोज बाजपेयी, बप्पी लहरी, तारा सुतारियापछि आलिया पनि कोरोना संक्रमित भएकी छन् ।

त्यसैगरी बिग बोस फेम अभिनेत्री मोनालिसालाई पनि कोरोना पोजेटिभ देखिएको छ । उनको श्रीमान् विक्रांत सिंह राजपूतले सो कुराको पुष्टि गरेको छन् । उनका अनुसार मोनालीसालाई कोरोना पोजेटिभकाे लक्षण भने देखिएको छैन र पनि होम क्वारेन्टिनमा बसेकी छन् ।एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *