३१ चैत्र २०७७, मंगलवार | April 13, 2021

चीनले दिएको खोप लगाउन सुरु

काठमाडौं । चीनले उपलब्ध गराएको कोरोना खोप लगाउन सुरु भएको छ । बुधबारदेखि काठमाडौं उपत्यकामा यो खोप लगाउन थालिएको हो ।
उपत्यकामा सिभिल अस्पताल, टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, कीर्तिपुर आयुवेर्दीक शिक्षण अस्पताल लगायतमा यो खोप दिन थालिएको छ ।

यो खोप चीनमा अध्ययन गर्न जाने विद्यार्थी, चीनको सीमा क्षेत्रमा कार्यत ट्रक चालक, सीमा क्षेत्रका व्यापारी र केही छुटेका निजामती कर्मचारीलाई दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *