३ बैशाख २०७८, शुक्रबार | April 16, 2021

अपराह्नपछि वर्षाको सम्भावना, वायु प्रदूषणबाट बच्न विभागको आग्रह

काठमाडौँ । आज देशका पहाडी भेगमा वर्षाको सम्भावना रहेको छ । मुलुकभर स्थानीय र पश्चिमी वायुका साथै तल्लो वायु चापीय न्युन प्रणालीको प्रभावले वर्षाको सम्भावना रहेको हो ।

आज अपराह्नपछि मुलुकभरका पहाडी भेगका एक दुई स्थानमा मेघगर्जनरचट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बिहान जारी गरेको पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

हाल देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही केही भूभागहरुमा तुवाँलो लागेको अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्लो समय मौस परिवर्तन हुँदा बिरामी हुनेको संख्या पनि बढि रहेको छ । देशभर वायु प्रदूषणको प्रभावले पनि मानिसको स्वास्थ्यमा समस्या हुने गरेको छ ।

विभागले देशको तराई र पहाडि भू–भागका केही स्थानमा तुवाँलो लागेकोले त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । वायु प्रदूषणका कारण आँखा र नाक पोल्ने, टाउको दुख्नेजस्ता समस्या देखिँदै आएको छ ।

लामो समयदेखि पानी नपर्दा र धेरै ठाउँमा डडेलो लागेका कारण अध्यधीक मात्रामा वायु प्रदूषण भएकाले केहीदिन यता भिजिविलिटीसमेत न्यून हुँदै आएको छ । डडेलो नियन्त्रण नहुँदासम्म वायु प्रदूषण स्थिर रहने वातावरण विभागले बताएको छ । ठूलो पानी परेपछि अथवा ठूलो हवाहुरी चलेपछि मात्रै वायु प्रदूषण कम हुने वातावरण विभागले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *