३१ चैत्र २०७७, मंगलवार | April 13, 2021

प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बोलाएको छ । आज बस्ने बैठकमा विभिन्न समिति र आयोगका प्रतिवेशन पेश गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ ।

बैठकमा ‘सूचना प्रविधि सम्बन्धी विद्येयक’ सम्बन्धी समितिको प्रतिवेदन पनि पेश गर्ने कार्यसूची छ ।

यस्तै सामाजिक सञ्जालमा सरकारको विरोध वा आफ्नो मनको कुरा लेखेबापत प्रयोगकर्तालाई ५ वर्ष जेल र १५ लाख रुपैयाँ जरिवाना गर्ने प्रावधान रहेको सूचना प्रविधिसम्बन्धी विद्येयकको प्रतिवेदन बैठकमा पेश हुन लागेको हो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट मधेशी आयोग र थारु आयोगको बार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची पनि रहेको संसद सचिवालयले जनाएको छ ।

विकास तथा प्रविधि समितिकी सभापति कल्याणी कुमारी खड्काले विद्येयक पेश गर्नेछिन् । कांग्रेसबाहेकका सांसदको बहुमतबाट पारित गरेको प्रतिवेदन समितिले आज सदनमा पेश गर्न लागेको हो ।

विधेयकमा मौलिक हकअन्तर्गत रहेको अभिव्यक्ति स्वतन्त्रतालाई समेत अंकुश लगाउने खालका प्रावधान रहेको भन्दै सरकारको चर्को आलोचना भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *