३ बैशाख २०७८, शुक्रबार | April 16, 2021

अमेरिकाको टेक्ससमा बन्दुकधारीले गोली हानी एक नेपालीको हत्या

काठमाडौं । अमेरिकी सहर टेक्ससमा पछिल्लो पटक भएको गोली प्रहारको घटनामा नेपाली नागरिक मारिएका छन् । टेक्ससको अस्टिनमा बसोबास गर्दै आएका पोखरा सराङकोटका रमेश थापाको मृत्यु भएको जनाइएको छ ।

अस्टिन प्रहरी विभागका अनुसार मध्यरात त्यहाँको स्थानीय आवसिय क्षेत्रमा थापालाई गोली हानिएको थियो । अस्टिन प्रहरीले स्प्रिङ रोडस्थित कंकड अपार्टमेन्ट (आवास गृह) क्षेत्रमा मंगलबार राती गोली हानेर थापाको हत्या गरिएको जनाएको छ । घटनापछि प्रहरीलाई खबर गरेका व्यक्तिले राती १२ः३० बजेतिर गोली चलेको जनाएका थिए ।

प्रहरी घटनास्थल पुग्दा त्यहाँको पार्किङ लटमा रमेश घाइते अवस्थामा फेला परेका थिए । उनलाई त्यहीँ मृत्यु भएको घोषणा प्रहरीले गरेका थिए । प्रहरीले हत्यारा पत्ता लगाउन अनुसन्धान सुरु भएको जनाएको छ भने गोली चलाउनेले प्रयोग गरेको सवारी साधन पत्ता लगाउने तयारी गरेका छन् ।

झन्डै ११ वर्षअघि मेक्सिको हुँदै थापा अमेरिका पुगेका थिए । तीनवर्षअघि भाइ लक्ष्मणपनि अमेरिका पुगेका थिए । दाजुको मृत्यु भएपछि भाइ लक्ष्मण पनि भावविह्वल बनेका छन् ।

पछिल्लो समय अमेरिकामा एसियाली नागरिकमाथि आक्रमणका घटना बढिरहेको पृष्ठभूमिमा यो हत्य भएको हो । त्यहाँस्थित नेपाली राजदूतावासले पनि एसियालीमाथिको आक्रमण रोक्नका लागि आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *